१५ माघ २०८२, बिहिबार | January 29, 2026

वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा नियुक्ति प्रक्रिया अघि बढाउन नमिल्ने दाबी गर्दै चिरञ्जीवी उपाध्यायले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले उक्त आदेश दिएको हो।

अदालतको आदेशसँगै महाप्रबन्धक नियुक्ति प्रक्रिया हाललाई स्थगित भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको संयोजकत्वमा गठन गरिएको छनोट समितिले खुला प्रतिस्पर्धामार्फत नियुक्तिका लागि गत माघ ४ गते १० जनाको नाम सर्टलिस्ट गरेको थियो।

सर्टलिस्टमा परेकामध्ये नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन दिपु ज्वारचन, ग्राहक सेवा विभाग प्रमुख टंकनिधि दाहाल, उपेन्द्रबहादुर कार्की, डा. दीपकप्रसाद बास्तोला, डा। भीमबहादुर चन्द, योगराज कँडेल, विष्णुबाबु मिश्र, वेदप्रसाद उप्रेती, सञ्जयकुमार सिंह र सन्तुष्टकुमार बस्नेत रहेका छन्।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ७ : ४७ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला