काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन साहको काठमाडौंस्थित घरमा सामान्य तोडफोड भएको छ । मण्डिखाटारस्थित बालेन शाहको घरको ग्रिलमा गएराति तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त घटना चोरी गर्ने उद्देश्यले गरिएको जस्तो देखिएको छ । “चोरी गर्ने उद्देश्यले घरको ग्रिल तोडिएको जस्तो देखिन्छ,” डीएसपी बुढाथोकीले बताएका छन्, “हालसम्म के-कति चोरी भयो भन्ने विवरण प्राप्त भइसकेको छैन ।”
घटनापछि प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान सुरु गरेको जनाएको छ । सीसीटीभी फुटेज, आसपासको गतिविधि तथा अन्य प्रमाणका आधारमा घटना कसले र किन गराएको भन्ने विषयमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको समयमा बालेन साह चुनावी अभियानका क्रममा कर्णाली प्रदेशमा रहेका छन् । घरमा को-को थिए र सुरक्षाको अवस्था कस्तो थियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको जनाइएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

















प्रतिक्रिया