२२ भदौ २०८३, सोमबार | September 7, 2026

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान



बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक तथा स्टेशनरी बस्तुगत समितिले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल नवलपरासीलाई पुस्तक तथा स्पोर्टस्का सामाग्रि प्रदान गरको छ । संघ अन्तरगत गठित उक्त बस्तुगत समितिले शनिबार नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा पुगेर ६० हजार रुपैंया बढीको पुस्तक तथा स्पोर्टस्का सामाग्रि प्रदान गरेको हो ।

नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा आयोजना गरिएको कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्याल, महासचिव मुक्तिप्रसाद अधिकारी, बस्तुगत समितिका सभापति बोधराज शर्मा, उपसभापति प्रकाश भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलका गणपती प्रहरी उपरिक्षक डिलबहादुर मल्ललाई पुस्तक तथा स्पोर्टस्का सामाग्रि हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा संघका अध्यक्ष अर्यालले आफ्नो परिवारसंग टाढा रहेर देशको शान्ति सुरक्षामा खटिने प्रहरीका लागि पुस्तक तथा स्पोर्टस्का सामाग्रि साथी बन्न सक्ने बताउँदै पठन संस्कृतिको समेत विकास हुने विश्वास व्यक्त गरे ।

त्यस्तै पुस्तक तथा स्टेशनरी बस्तुगत समितिका सभापति शर्माले समितिले सामाजिक उत्तरदायित्व बहन गरि विगतका वर्षमा गरिव तथा विपन्न परिवारका बालबालिका, कारागारका कैदी वन्दीलाई पुस्तक प्रदान गरिएको बताउँदै यो पटक नेपाल प्रहरी विशेष सुरक्षा गणको आश्वकताका आधारमा सक्दो पुस्तक तथा स्पोर्टस्का सामाग्रि प्रदान गरिएको बताए ।

त्यस अवसरमा नेपाल प्रहरी विशेष सुरक्षा गणका गणपती प्रहरी उपरिक्षक मल्लले आफूहरुको सानो आग्रहमा गणमा आएर पुस्तक तथा स्पोर्टस्का सामाग्रि प्रदान गरेको बुटवल उद्योग वाणिज्य संघ र पुस्तक तथा स्टेशनरी बस्तुगत समितिलाई आधार सहित धन्यवाद व्यक्त गरे ।

शिक्षा र ज्ञानका कुराले मानिसलाई विनयी बनाउने बताउँदै निरन्तरको अध्ययनले प्रहरीलाई पनि ज्ञानी बनाउने र त्यसले विनयी पनि बनाउने उनले विश्वास व्यक्त गरे । एसपी मल्लले प्रहरी विनयी बन्दा मुस्कानसहितको प्रहरी सेवालाई समेत मद्धत गर्ने भनाई राखे ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ८ : २६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार