६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह



काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका कारण नेपाल सरकारले इरान जाने योजना बनाएका नेपाली नागरिकलाई तत्काल भ्रमण स्थगन गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार (माघ १८) एक ‘ट्राभल एडभाइजरी’ जारी गर्दै यस्तो सल्लाह दिएको हो ।

मन्त्रालयले जारी गरेको सूचनामा इरानको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै अवस्था सामान्य नहुन्जेलसम्म त्यहाँ भ्रमण नगर्न आग्रह गरिएको छ । “इरानमा भइरहेको पछिल्लो विकासक्रमलाई मध्यनजर गर्दै अवस्था सहज नहुँदासम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न हामी सल्लाह दिन्छौँ,” परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी हाल इरानमा बसोबास गरिरहेका वा विभिन्न क्षेत्रमा कार्यरत नेपाली नागरिकलाई समेत सकेसम्म छिटो सुरक्षित रूपमा इरान छाड्न मन्त्रालयले अनुरोध गरेको छ । सुरक्षा जोखिम बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाली नागरिकको जीवन र सुरक्षालाई प्राथमिकता दिँदै यस्तो आग्रह गरिएको मन्त्रालयको भनाइ छ ।

इरानस्थित राष्ट्रसंघीय कार्यालयमा सानो सङ्ख्यामा नेपाली नागरिक कार्यरत रहेको अनुमान गरिएको छ । यद्यपि इरानमा रहेका नेपालीको यकिन तथ्याङ्क सार्वजनिक गरिएको छैन ।

परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकलाई आफ्ना पासपोर्ट, यात्रा कागजात, परिचयपत्रलगायत महत्त्वपूर्ण कागजातहरू सधैँ सहजै भेटिने सुरक्षित स्थानमा राख्न समेत आग्रह गरेको छ । आपत्कालीन अवस्था आएमा उद्धार तथा सहायताका लागि यस्ता कागजात अनिवार्य हुने भएकाले सजिलै उपलब्ध हुने स्थानमा राख्न मन्त्रालयले जोड दिएको हो ।

मन्त्रालयले आवश्यक परेमा नेपाल सरकार तथा कूटनीतिक नियोगहरूसँग सम्पर्कमा रहन र आधिकारिक सूचनाको निरन्तर अनुगमन गर्न पनि इरानमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ६ : ०५ बजे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३