१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ६८३ दशमलव १५को बिन्दुमा कायम भएको छ ।

आज ३२२ कम्पनीको एक करोड ८७ लाख तीन हजार १८३ कित्ता शेयर ९२ हजार ३३८ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन समूह एक दशमलव ७९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३७ र म्युचुअल फन्ड एक प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ६३, विकास बैंक शून्य दशमलव ६१, वित्त एक दशमलव ०९, जलविद्युत् शून्य दशमलव ९७, लगानी शून्य दशमलव ५१, जीवन बीमा शून्य दशमलव ३८ र लघुवित्त शून्य दशमलव ४२ प्रतिशतले घटेको छ । त्यस्तै निर्जीवन बीमा शून्य दशमलव ३५, व्यापार शून्य दशमलव ४६ र अन्य समूह शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।

कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य चार दशमलव ६३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको रू ५९ करोड २९ लाख आठ हजार ४११ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको १२ लाख ५८ हजार १७७ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ३ : ५५ बजे

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना

काठमाडौं गोर्खाजलाई आठ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

काठमाडौं । मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय

सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली

हुलाकी राजमार्गले धमाधम तान्दै निजी क्षेत्रको लगानी

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको