८ चैत्र २०८२, आइतबार | March 23, 2026

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले समाजमा शान्ति, सुरक्षा तथा अमन–चयन कायम गर्न प्रहरीले कडाइका साथ कदम चाल्ने बताएका छन् ।

सञ्चारकर्मीहरूसँगको कुराकानीमा डीएसपी श्रीवास्तवले समाजमा घट्ने स-साना घटना तथा परिघटनालाई पनि गम्भीर रूपमा लिइने उल्लेख गर्दै निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

“जनताको शान्ति र सुरक्षाप्रति प्रहरी पूर्ण रूपमा प्रतिबद्ध छ । कुनै पनि प्रकारका आपराधिक गतिविधि सह्य गरिने छैन,” उनले भने । यद्यपि अपराध नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै उनले समुदायको सक्रिय सहयोग अपरिहार्य रहेको धारणा राखे ।

“प्रहरी र नागरिकबीचको सहकार्य र समन्वय बलियो भयो भने मात्र अपराध नियन्त्रण प्रभावकारी हुन सक्छ,” डीएसपी श्रीवास्तवले स्पष्ट पारे ।

उनका अनुसार लागूऔषध दुरुपयोग तथा अवैध कारोबार नियन्त्रण, जुवा-तास, चोरी-डकैती, घरेलु हिंसा, ध्वनि प्रदूषण, ट्राफिक अनुशासन उल्लङ्घन तथा सामाजिक शान्ति खल्बल्याउने गतिविधिमाथि कडा निगरानी गरिनेछ ।

अवैध गतिविधिमा संलग्न जो-कोहीलाई पनि कानुनअनुसार कारबाही गरिने स्पष्ट पार्दै उनले आगामी चाडपर्वहरू शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गराउन प्रहरीले उच्च सतर्कता अपनाउने जानकारी दिए ।

डीएसपी श्रीवास्तवले शान्त, सुरक्षित र सभ्य समाज निर्माणका लागि प्रहरीलाई समयमै सूचना दिन, सहयोग गर्न र कानुनको पालना गर्न सबै नागरिकलाई आग्रहसमेत गरे ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ४ : २५ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय