९ चैत्र २०८२, सोमबार | March 23, 2026

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित



कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा भारतले भुटानलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा प्रभावशाली जित दर्ता गर्ने क्रममा भारतले पहिलो हाफमा सात र दोस्रो हाफमा एक गोल गर्न सफल भयो । भारतकी पर्ल फर्नान्डेजले खेलमा ह्याट्रिक गर्न सफल भइन् । उनले खेलको छैटौँ, ३९औँ र ४१औँ मिनेटमा गोल गरेकी थिइन् । त्यसैगरी प्रतिका बर्मनले २५औँ र ९०औँ मिनेटमा गोल गरिन् । एलिशा लिङदोज, एविस्था र दिव्यानी लिन्डाले समान एकरएक गोल गरेका छन् ।

भुटानलाई फराकिलो अन्तरले हराएसँगै भारतले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । भारतको प्रभावशाली जितसँगै नेपालको फाइनल प्रवेशको सम्भावना कठिन बनेको छ । दुई खेल जितेको भारतले बङ्गलादेशसँग समान छ अङ्क बनाएको छ । बङ्गलादेशले भने एक खेल खेल्न बाँकी छ । घरेलु टोली नेपाल तीन अङ्क सहित तेस्रो स्थानमा छ ।

लिग चरणको अर्को खेल नेपाल र बङ्गलादेशकाबीचमा हुँदैछ । यस खेलको नतिजाले फाइनल खेल्ने टोलीको टुङ्गो लाग्नेछ । फाइनल प्रवेशका लागि नेपालले बङ्गलादेशलाई फराकिलो अन्तरले हराउनुको विकल्प छैन । प्रतियोगिताको अङ्क तालिकामा शीर्ष दुईमा रहने टोलीका बीच फाइनल खेल यही माघ २४ गते सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ३ : ४६ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी