२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु



नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा निराजन सुवेदीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,टेकु काठमाण्डौँबाट ल्याइएका उपकरण र आवश्यक जनशक्ति व्यवस्थापनपछि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले भने, “हामीले लामो समयदेखि गरिरहेको प्रयास सफल भएको छ, यसले यस क्षेत्रका बिरामीलाई ठूलो राहत मिल्नेछ ।”

डा सुवेदीका अनुसार यहाँ चार वटा उपकरणसँगै दुई जना प्याथोलोजी चिकित्सकले सेवा दिइरहेका छन । केही दिनअघि मात्रै सुरु भएको सेवाबाट तीन व्यक्ति लाभान्वित भएको र सेवाका कारण क्यान्सर वा अन्य रोगको समयमै पहिचान गर्न सक्ने अवस्था बनेको छ ।

“सेवा सुरु भएपछि समयमै रोग पहिचान गरी तत्काल उपचार गर्ने अवस्था बनिरहेको छ । अब यस क्षेत्रमा क्यान्सरलगायत विभिन्न रोगको पहिचानका लागि नमुना बाहिर पठाउनुपर्ने र रिपोर्टका लागि लामो समय पर्खिनुपर्ने समस्या हट्ने छ”, मेडिकल सुपरिन्टेन्डेन्ट डा सुवेदीले भने ।

अस्पतालका प्याथोलोजी विभाग प्रमुख डा शर्मिला गुप्ताले हिस्टोप्याथोलोजी सेवा सुरु भएपछि क्यान्सर, क्षयरोग, अटो–इम्युन, मिर्गौला, पेट, कलेजोलगायत दीर्घरोग पहिचान गर्न सहयोग पुग्ने बताए । उनका अनुसार हिस्टोप्याथोलोजीले शरीरबाट निकालिएका अङ्ग एपेन्डिक्स, पित्तथैली, प्रोस्टेट आदि रोगग्रस्त छन् कि छैनन् भन्ने पत्ता लगाउँछ ।

विभाग प्रमुख डा गुप्ताले यसबाट क्यान्सर जस्ता गम्भीर रोग पत्ता लगाउन, रोगको प्रकार र अवस्था बुझ्न, रोग कति फैलिएको छ भन्ने थाहा पाउन र उचित उपचार गर्न सहज हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ११ : ५३ बजे

कालीगण्डकी करिडोर : कैकुखोलामा पक्की पुल निर्माण

म्याग्दी । बेनी-जोमसोम-कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण