११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ ।

आज ३३० कम्पनीको दुई करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर एक लाख ११ हजार ९७८ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज लगानी समूह शून्य दशमलव ०८ र अन्य समूह शून्य दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ९२, वित्त शून्य दशमलव ०१, होटल तथा पर्यटन दुई दशमलव १३, जलविद्युत् शून्य दशमलव ३१, जीवन बीमा शून्य दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव १५ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त शून्य दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव ६१, निर्जीवन बीमा शून्य दशमलव ३२, र व्यापार एक दशमलव ३० प्रतिशतले घटेको छ ।

सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य आठ दशमलव ९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सुपर मार्दी हाइड्रोपावर लिमिटेडको रू ५६ करोड तीन लाख ४८ हजार १५५ बराबरको खरिदबिक्री भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने रिडि पावर कम्पनी लिमिटेडको १६ लाख ५८ हजार ७२५ बराबरको किनबेच भएको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ४ : २९ बजे

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध