२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा



मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने बताएका छन् ।

कांग्रेस कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तक्र्रियामा उनले आगामी निर्वाचनमार्फत जनादेश लिएर नागरिकको भावनाअनुसार शासन व्यवस्थालाई बलियो र जवाफदेही बनाउनुपर्नेमा जोड दिए ।

सभापति थापाले कुशासन अन्त्य, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन भएको समुन्नत नेपाल निर्माण, सबैसँग समान व्यवहार, युवालाई अवसर प्राप्त हुने भरोसा दिलाउने गरेर जनतामाझ जान आग्रह गरे ।

“हामीले बदलिएको कांग्रेसमार्फत कुशासनको अन्त्य गर्दै विधिको शासन स्थापित गर्ने स्पष्ट योजना बनाएका छौँ । नागरिक र विशेष गरी युवा पुस्ताको भावनाअनुसार अगाडि बढ्छौँ”, सभापति थापाले भने,“ त्यसका लागि जवाफदेही शासन, राज्यका निकायलाई थप प्रभावकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत, महान्यायधिवक्ताको कार्यालयमा सुधार गरी नागरिकलाई सहज सेवा प्रदान गर्ने अवस्था बनाउँछौँ ।”

कांग्रेसले देशलाई अर्को द्वन्द्वमा पर्न नदिने गरी हालको अवस्थालाई सम्हाल्दै र सुधारको जग बसाल्ने भन्दै उनले दलित, मुस्लिम, अल्पसङ्ख्यक, मधेसी, महिलाका हक अधिकार सुनिश्चित र धर्म, संस्कृतिको संरक्षण गर्ने बताए ।

महामन्त्री गुरुराज घिमिरेले पार्टी पुनर्गठनपश्चात् सबै एकताबद्ध भएर चुनावमा होमिएको र अब परिणामका लागि विवाद रहित ढङ्गले अगाडि बढ्ने बताए । उनले भने, “पार्टीको नेतृत्व बदलिएको छ । योसँग देशका समस्या, जेनजी आन्दोलनका मुद्दाप्रतिको स्पष्ट बुझाइसहित अगाडि बढेका छौँ । अब देश बदल्ने छौँ । नेपालीलाई सम्मानित र आत्मनिर्भर बनाउन केन्द्रित हुनेछौँ ।”

नेता डा शेखर कोइरालाले लोकतन्त्रप्रति प्रतिबद्ध रहँदै पार्टीले सम्पूर्ण नेपाली जनताको सुखद भविष्य निर्माणका इमान्दार प्रयत्न गर्ने बताए । उनले जेनजी आन्दोलनका मुख्य एजेण्डा सुशासन, भ्रष्टचारको अन्त्य र समृद्धि कायम गर्न पार्टीले सबैलाई साथमा लिएर काम गर्न बताए ।

पार्टी सहमहामन्त्री डा डिला संग्रौला, कोशी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका प्रतिनिधिसभा निर्वाच क्षेत्रमा उम्मेदवार रहेकी सरिता प्रसाई, ज्ञानेन्द्र कार्की, भिष्मराज आङदेम्बे, विजयकुमार गच्छदारलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ९ : ०७ बजे

एनपीएल : लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित

काठमाडौं । अपराजित यात्रामा रहेको लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६

सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थल चाँडै चल्छ : सांसद अग्रवाल

भैरहवा । प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा

यात्रु कुट्ने चालक र सह-चालक पक्राउ

बुटवल । मागेजती भाडा नदिएको निहुमा यात्रीमाथि कुटपिट गर्ने चालक