१६ चैत्र २०८२, सोमबार | March 30, 2026

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

कांग्रेसले ‘जसको पदिय जिम्मेवारी जहाँ, उसले खटिने त्यहाँ’ अभियान संचालन गर्दै



नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै नयाँ बनेर जनतामाझ आएको बताएका छन् । नेपाली कांग्रेस बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उप सभापति शर्माले जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस मात्र भएको बताएका हुन् ।

शर्माले प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस नै ठुलो पार्टी बन्ने दाबी गर्दै निर्वाचन पछिको सरकारको नेतृत्व कांग्रेस सभापति गगन थापाले नै गर्ने उदघोष गरे ।

कांग्रेसले यसपटकको निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ६ जना उम्मेदवारहरु नयाँ उठाएको बताउँदै उनले यसपटक विगतको भन्दा महिला र दलित समुदायबाट धेरै उम्मेदवारको प्रतिनिधित्व भएको जानकारी दिए । बद्लिएको कांग्रेसले यसपटक आम कार्यकर्ता र कांग्रेसको शुभचिन्तकहरुका लागि आफ्नै चुनाव चिन्हमा उम्मेदवार उठाएर बद्लिएको कुरा पुष्टी गरेको पनि उनले सुनाए ।

उनले कांग्रेस भित्रको आन्तरिक कुरा सबै बिर्सेर पार्टीका उम्मेदवारलाई जिताउन लाग्न कांग्रेस कार्यकर्ताहरुलाई आब्हान गरे । समय अपुग हुँदा उम्मेदवार छनोटका क्रममा कतिपय योग्य व्यक्ति छुटेको हुन सक्ने पनि उनले बताए । प्रतिनिधि सभाको आसन्न निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउन ५ जना क्रियाशिल सदस्यहरु वरिपरीका ५० वटा घरमा पुगे कांग्रेस उम्मेदवारलाई जिताउन पर्याप्त हुने शर्माको भनाई छ ।

‘पार्टीले आगामी फागुन १ देखी २१ सम्म ‘जसको पदिय जिम्मेवारी जहाँ, उसले खटिने त्यहाँ’ नामक अभियान सुरु गर्न लागेको उप सभापति शर्माले जानकारी दिए । प्रतिनिधि सभा निर्वाचनपछि देशलाई गाँसेर लैजाने ताकत कांग्रेससँग मात्र रहेको उनको दाबी छ ।

‘बैशाखमा कांग्रेसको नियमित महाधिवेशनको मिति घोषणा हुन्छ, दशै(तिहारपछि स्थानीय तहको निर्वाचन तयारी सुरु हुन्छ,’ उनले भने, ‘स्थानीय तहमा वडादेखी मेयररअध्यक्ष सम्मको टिकट वितरण गर्नुअघि हामीले क्रियाशिल सदस्यको लिष्ट वडा तहमा पठाउँछौं, वडास्तरको चुनावबाट उम्मेदवार छान्ने नीति हामीले बनाएका छौं ।’ २०८४ मा वडाअध्यक्षको चुनाव लड्ने तयारी गरेका नेताहरु यो निर्वाचनमा पार्टीलाई जिताउने अभियानमा लाग्न उपसभापति शर्माले निर्देशन दिए ।

कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. गोपाल दहित, पार्टीका लुम्बिनी प्रदेश सभापति एवम् क्षेत्र नम्बर ३ बाँकेका उम्मेदवार अमरसिंह पुन, प्रदेश उपसभापति राजु खनाल, नेपाली कांग्रेस बाँकेका सभापति एवम् क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणप्रसाद गौडेल, र जिल्ला सचिव एवम् क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालालगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ९ : २० बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन