२९ माघ २०८२, बिहिबार | February 12, 2026

टी-२० विश्वकप : दोस्रो खेलमा नेपाल आज इटालीसँग भिड्दै



काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले बिहीबार (आज) इटालीसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्दै विश्वकपमा पहिलो अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रिँदैछ ।

नेपाल र इटालीबीचको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुनेछ । इंग्ल्यान्डविरुद्ध १८५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमा सीमित हुँदा ऐतिहासिक जितबाट चार रनले वञ्चित भएको थियो ।

भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणका चारै खेल नेपालले भारतमै खेल्दैछ । अहिलेसम्म विश्वकपमा जितविहीन रहेको नेपालले इटालीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्य लिएको छ ।

नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमार्फत पहिलोपटक सहभागिता जनाएको थियो । त्यसपछि १० वर्षको अन्तरालमा नेपाल दोस्रोपटक विश्वकप खेलिरहेको छ । सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थिति बलियो बनाएको थियो। दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको स्मरणीय खेल अझै चर्चामा छ ।

हालसम्म दुईपटक विश्वकप खेले पनि नेपाल समूह चरणभन्दा माथि उक्लिन सकेको छैन । कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा नेपाल लगातार दोस्रो विश्वकप खेलिरहेको छ भने सोमपाल कामी तीनपटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

समूह ‘सी’मा रहेको नेपालसँगै दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन् । बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी वरीयताका आधारमा स्कटल्यान्डले स्थान पाएको हो ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ७ : ५८ बजे

टी-२० विश्वकप : दोस्रो खेलमा नेपाल आज इटालीसँग भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र

निर्वाचन आउन २१ दिन बाँकी : यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका