११ भदौ २०८३, बिहिबार | August 27, 2026

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता



रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुकुमलाई नमूना गाउँ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भूमे गाउँपालिका–१ लुकुममा आज मतदातासित भेटघाट गर्दै संयोजक प्रचण्डले संस्कृतिले भरिपूर्ण भएको उक्त गाउँलाई आफू विजयी भएपछि नमूना बनाउन पहल गर्ने बताए । लुकुम गाउँको प्रख्यात झाँक्री नाचका बारेमा आफूले श्रव्यदृश्य हेरेको उल्लेख गर्दै उनले सामाजिक तथा संस्कृतिक रुपले धनी लुकुमको विकासमा विशेष योजना ल्याइने विश्वास दिलाए ।

प्रचण्डसमक्ष स्थानीयको मागपत्र

त्यसक्रममा भूमे–१ का वडाध्यक्ष मनकाजी पुनले वडावासीका माग संयोजक प्रचण्डसमक्ष पेस गरेका थिए । सिद्धचौर माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले विद्यालय विकास निर्माणबारे उनको ध्यानाकर्षण गराए ।

मागपत्र बुझ्दै संयोजक प्रचण्डले स्थानीयको आवश्यकता र भावनालाई आफूले जतिसक्दो छिटो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ९ : ३२ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि