११ भदौ २०८३, बिहिबार | August 27, 2026

जसपा नेपालको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

संविधान पुनरावलोकनदेखि राजनीतिक रूपान्तरणसम्मका प्रतिबद्धता



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक गरेका हुन्।

पार्टीले यसअघि नै माघ १२ गते निर्वाचनलक्षित आफ्नो आदर्श, दृष्टिकोण, राष्ट्रिय मुद्दा तथा मुख्य माग समेटिएको विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको थियो। शुक्रबार सार्वजनिक घोषणापत्रमा भने संविधान संशोधन र पुनरावलोकनलाई मुख्य एजेन्डा बनाइएको छ।

घोषणापत्रमा संविधान विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गरी त्यसका सुझावका आधारमा संविधान संशोधन, परिमार्जन तथा आवश्यक परे पुनर्लेखन गर्नुपर्ने स्पष्ट धारणा प्रस्तुत गरिएको छ। राजनीतिक, आर्थिक, सामाजिक, समावेशी तथा सांस्कृतिक लोकतन्त्रलाई संस्थागत गर्न संविधान सुधार अनिवार्य रहेको पार्टीको दाबी छ।

जसपा नेपालले कांग्रेस र कम्युनिस्ट शक्तिहरूको राजनीतिक चरित्रमाथि पनि प्रश्न उठाएको छ। पुराना राजनीतिक शक्तिहरू परिवर्तनका एजेन्डाबाट टाढिँदै गएको र संघीय स्वरूपमा पुनर्संरचना भएपछि समेत आफ्ना मूल प्रतिबद्धतामा अडिग रहन नसकेको आरोप लगाइएको छ। सत्ता र शक्तिको खेलमा केन्द्रित राजनीतिक अभ्यासले देशमा अस्थिरता निम्त्याएको टिप्पणी घोषणापत्रमा गरिएको छ।

पार्टीका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि जनताको भावना र आकांक्षालाई पूर्ण रूपमा सम्बोधन गर्न नसकिएको अवस्था छ। अपूर्ण संविधानलाई सर्वस्वीकार्य बनाउने दिशामा आवश्यक पहल नभएको भन्दै जसपा नेपालले राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणको नयाँ बहस अघि बढाउने प्रतिबद्धता जनाएको छ।

घोषणापत्रमा सबैको सम्मान, राष्ट्रिय पहिचानको सुनिश्चितता, समानुपातिक प्रतिनिधित्व, समावेशी लोकतन्त्र तथा समानता, विकास, समृद्धि र प्रगतिका आकांक्षालाई सम्बोधन गर्ने स्पष्ट योजना अघि सारिएको छ। बहुलतायुक्त नेपाली समाजलाई विभेदमुक्त बनाउँदै अर्थ–राजनीतिक रूपान्तरणतर्फ देशलाई अघि बढाउने जसपा नेपालको दाबी छ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ३ : ५९ बजे

बेलायती प्रधानमन्त्रीको नेपाललाई १ अर्ब सहयोगको घोषणा

लन्डन । बेलायती  प्रधानमन्त्री एन्डी बर्नहमले बुधबार आएको आकस्मिक बाढीपछि

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी

भोटेकोशी बाढी : ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४०

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका