२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

इतिहास र वर्तमान जोडेर मात्रै सुदृढ भविष्य निर्माण हुन्छ : प्रचण्ड



रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासको सहि सम्मानसँगै र वर्तमान जोडेर मात्रै राष्ट्रको भविष्य सुदृढ हुने बताएका छन् ।

आगामी निर्वाचनमा रुकुम पूर्वका उम्मेदवारसमेत रहेका प्रचण्डले भूमे–२, खाबाङ बगरमा ३०औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले फागुन १ केवल गौरवमय अतीतको स्मरण मात्र नभई वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शनसमेत भएको उल्लेख गरे । उनले सामन्ती राज्यसत्ताविरुद्ध स्वतन्त्रता, समानता र न्यायका पक्षमा नेपाली जनताले ऐतिहासिक विद्रोहको मशाल यही दिन प्रज्वलित गरेको बताए।

सम्बोधनको क्रममा उनले जनयुद्ध तथा विभिन्न कालखण्डमा भएका जनआन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपांग र बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरे ।

रुकुम पूर्वलाई क्रान्ति र शान्तिको साक्षी भूमि भन्दै उनले यही ठाउँबाट वंशमा आधारित शासन व्यवस्थाविरुद्ध विद्रोह सुरु भएको स्मरण गरे। महिलाहरूले घुम्टो फालेर स्वतन्त्रताको आवाज उठाएको, आदिवासी जनजाति समुदायले पहिचान र स्वाभिमानका लागि संघर्ष गरेको तथा दलित समुदायले जातीय उत्पीडनविरुद्ध आवाज बुलन्द गरेको इतिहास उनले उल्लेख गरे ।

प्रचण्डले चुनवाङमा बसेको तत्कालीन नेकपा (माओवादी) को बैठकको निर्णयबाट संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खुलेको चर्चा गर्दै रुकुमको ऐतिहासिक भूमिकालाई स्मरण गरे। वर्तमान राजनीतिक परिस्थितिबारे बोल्दै प्रचण्डले देश जटिल अवस्थाबाट निर्वाचनको संघारतर्फ अघि बढिरहेको बताए । भदौ २३ गते सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेका युवामाथि गोली चलेको र त्यसपछि उत्पन्न असहज अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे । युवाहरूको आक्रोशलाई व्यवस्था–विरोधी तत्वहरूले विध्वंसतर्फ मोडेको भन्दै उनले लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न सबै सचेत हुनुपर्ने बताए ।

पञ्चायती व्यवस्थाविरुद्ध रुकुमका जनताको संघर्ष स्मरण गर्दै उनले ‘किलो सेरा’ जस्ता दमनकारी अभियानका बाबजुद जनताले विद्रोहको बाटो नछोडेको उल्लेख गरे। हजारौँ जनताको बलिदानकै कारण आज खुला रूपमा सरकारको आलोचना गर्न सक्ने वातावरण बनेको उनको भनाइ थियो।

इतिहासलाई वर्तमानसँग जोडेर मात्रै सुदृढ भविष्य निर्माण गर्न सकिने उल्लेख गर्दै उनले जनयुद्धका उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायका पक्षमा एकताबद्ध हुन आह्वान गरे ।

कार्यक्रममा संयोजक प्रचण्ड’ र नेतृ पम्फा भुसालले शहीद, बेपत्ता परिवार तथा घाइतेहरुलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ४ : ०६ बजे

एनपीएल : लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित

काठमाडौं । अपराजित यात्रामा रहेको लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६

सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थल चाँडै चल्छ : सांसद अग्रवाल

भैरहवा । प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा

यात्रु कुट्ने चालक र सह-चालक पक्राउ

बुटवल । मागेजती भाडा नदिएको निहुमा यात्रीमाथि कुटपिट गर्ने चालक