२८ असार २०८३, आइतबार | July 12, 2026

लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान



काठमाडौं । नेकपा (एमाले)ले लोकप्रियतावादको प्रभावबाट सचेत रहन आग्रह गरेको छ।

एमालेका प्रेस संयोजक मीनबहादुर शाहीले आज विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा मतदातालाई सचेत बन्न आग्रह गरेका हुन् ।

उनले लोकतान्त्रिक अभ्यास र राष्ट्रको दीर्घकालीन हितमाथि क्षणिक तथा भावनात्मक नाराले असर पार्न सक्ने भन्दै विवेकपूर्ण निर्णय गर्न अपिल गरेका छन् ।

एमालेले राजनीतिमा देखिने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र त्यसले नीति निर्माण, स्थायित्व र सुशासनमा नकारात्मक प्रभाव पार्ने जोखिम रहने स्पष्ट पारेको छ। पार्टीका अनुसार भावनामा आधारित अल्पकालीन आकर्षणले दीर्घकालीन विकास र समृद्धिको मार्ग अवरुद्ध गर्न सक्छ।

विज्ञप्तिमा विश्वका धेरै देशहरू तथा दक्षिण एसियाका केही मुलुकहरूले लोकप्रियतावादका कारण जटिल अवस्था सामना गरिरहेको उदाहरण प्रस्तुत गर्दै नेपालले त्यसबाट पाठ सिक्नुपर्ने उल्लेख गरिएको छ।

एमालेले सबै मतदातालाई विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखेर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ। दीर्घकालीन स्थायित्व, विकास र समृद्धिको मार्ग रोज्नु नै राष्ट्र र जनताको हितमा हुने पार्टीको विश्वास छ।

 

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  २ : २२ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै