१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

हिराबहादुर खत्रीलाई जिताउन मतदाताको आग्रह



देवदह । रुपन्देही निर्वाचन क्षेत्र नम्बर-१ का मतदाताले नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हिराबहादुर खत्रीलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने धारणा व्यक्त गरेका छन् । कृषक, व्यवसायी तथा विकासप्रेमी युवा नेताका रूपमा खत्रीले आफ्नो क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास मतदाताले व्यक्त गरेका हुन् ।

सोमबार तिलोत्तमा नगरपालिकाका वडा नम्बर-१५ र १६ का विभिन्न टोल तथा बस्तीमा आयोजित घरदैलो कार्यक्रममा सहभागी भएका खत्रीलाई मतदाताले विजयीको शुभकामना तथा आशीर्वाद दिएका थिए । मतदाताले स्थानीय क्षेत्रको आवश्यकता र समस्या बुझ्ने स्थायी उम्मेदवार नै विकासका लागि उपयुक्त हुने भन्दै खत्रीलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए ।

घरदैलोका क्रममा मतदाताले पर्यटक वा बाहिरी उम्मेदवारभन्दा स्थानीय समस्यासँग परिचित नेतृत्व आवश्यक रहेको बताएका थिए । उनीहरूले कांग्रेसको लामो राजनीतिक इतिहास र वर्तमानमा युवामुखी परिवर्तनका कारण देशको विकास र निकासका लागि कांग्रेस नै उपयुक्त विकल्प भएको विश्वास व्यक्त गरेका थिए ।

उक्त अवसरमा उम्मेदवार खत्रीले मतदाताको भावना र सुझावलाई आफ्नो प्राथमिकतामा राख्दै क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहेको बताए । उनले क्षेत्र नम्बर-१ मा कृषि र पर्यटन क्षेत्रको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै स्थानीय कृषक तथा समुदायको आवश्यकताअनुसार कार्यक्रम र योजना ल्याउने बताए ।

निर्वाचन परिचालन सचिवालय समिति संयोजक विजय गुरुङका अनुसार क्षेत्र नम्बर-१ अन्तर्गतका विभिन्न पालिकामा घरदैलो कार्यक्रम तथा मतदातासँग प्रत्यक्ष संवाद गर्ने अभियान निरन्तर जारी रहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ७ : २८ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ