२२ चैत्र २०८२, आइतबार | April 5, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अस्पतालको ११५ औँ वार्षिकोत्सवको सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत यो प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा विजय आचार्य प्रथम हुन सफल भएका छन् भने अस्मिना पाण्डे दोस्रो हुन सफल भइन् । यसैगरी सुनिता अर्याल तृतीय तथा दयासागर मन्थी सान्त्वना बन्न सफल भएको कार्यक्रम संयोजक सीता खनालले जानकारी दिइन् । प्रतियोगितामा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ८ जनाले सहभागीता जनाएका थिए ।

प्रतियोगिताका विजेताहरुलाई सम्मान गर्दै अस्पताल बिकास समितिका अध्यक्ष अजमान श्रेष्ठले रचनात्मक प्रतियोगिताको माध्यमबाट स्वास्थ्यकर्मी तथा कर्मचारीहरु अस्पतालको सेवामा थप समर्पित हुने भावनाको जागृत भएको बताउँदै खुसी व्यक्त गरे । जस्तोसुकै परिस्थितीमा सधै जनताको स्वास्थ्यसेवामा तल्लिन हुने पेसाकर्मीहरु वार्षिकोत्सवको सन्दर्भमा आपसी सद्भाव, एकता र पेसाप्रतिको मर्यादामा थप केन्द्रित हुने वातावरण निर्माण भएको बताउँदै उनले अस्पताल बिकास समिति आवश्यक सहकार्यका लागि सधै तत्पर रहेको उल्लेख गरे । यसैगरी अस्पताल बिकास समितिका सदस्य लक्ष्मी भट्टराईले पेसागत मर्यादामा रहेर आफ्नो जिम्मवारी पूरागर्ने सबै स्वास्थ्यकर्मी तथा कर्मचारीको पक्षमा समितिले सधै साथ दिने प्रतिवद्धता गरिन् ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले सेवाग्राहीलाई गरिने व्यवहार आफूले पूरा गर्नुपर्ने कर्तव्य र मर्यादाका बारेमा स्वास्थ्यकर्मीहरु सधै संवेदनशिल भएर लाग्ने गरेको उल्लेख गरे । अन्य पेसा तथा कर्मभन्दा स्वास्थ्यकर्मीको पेसा निकै संवेदनशिल र मर्यादित हुनुपर्ने बताउँदै उनले सोही भावना अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

अस्पतालले हरेक वर्ष फागुन १५ गते मनाउँदै आएको वार्षिकोत्सव अन्तरगत यस वर्ष पनि विभिन्न अतिरिक्त क्रियाकलापसहित सप्ताहव्यापी मनाएको छ । अस्पतालका बीमा शाखा प्रमुख दिपेन्द्र पौडेलको सञ्चालनमा सोमबारको कार्यक्रम सम्पन्न भएको हो । चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स तथा कर्मचारीहरुसहित करिब ९ सय जना कार्यरत रहेको लुम्बिनी प्रदेशकै ठूलो यस अस्पतालमा वार्षिक साढे ३ लाख बढीले स्वास्थ्य सेवा लिने गर्दछन् ।

वार्षिकोत्सवको अवसरमा कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान, अभिमुखिकरण, रक्तदान तथा फलफूल वितरण, सरसफाई तथा सचेतना कार्यक्रमका साथै स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण भलिबल, फुटबल, ब्याटमिन्टन, म्याराथन लगायतका प्रतियोगिताहरु आयोजना गरिएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ३ : १५ बजे

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको

झरना दोस्रो सौभाग्य कपको क्वाटरफाईनलमा

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

काठमाडौं । नेपाल आयाल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई

युवाहरूले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउन ध्यान दिन्छु : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेनजी