५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

पशुपतिनाथ मन्दिरमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ



काठमाडौं । महाशिवरात्री पर्वको सुरक्षाका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१३, चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठले ड्युटीमा खटिएका एक प्रहरीलाई लात्ती प्रहार गर्दै छातीमा आक्रमण गरेका थिए । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक रूपमा भाइरल बनेको थियो ।

यसअघि मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिको पहिचानका लागि सर्वसाधारणसँग सहयोगसमेत माग गरेको थियो । सोही आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले आक्रमणमा संलग्न युवकलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  १२ : ५६ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी

विश्व पोलियो दिवसका अवसरमा काठमाडौंमा ‘मेगा पोलियो साइकल -याली’ हुने

काठमाडौं । विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौं । नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको