२२ चैत्र २०८२, आइतबार | April 5, 2026

टिभिएस एनटर्क १२५ का १ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ता, देशभर विशेष उत्सव आयोजना गरिने



काठमाडौं । नेपालको दुई पाङ्ग्रे सवारीसाधन बजारमा ऐतिहासिक उपलब्धि हासिल गर्दै टिभिएस एनटर्क १२५ स्कुटरले देशभर १ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ता संख्या पार गरेको छ । यस उपलब्धिसँगै उक्त स्कुटर नेपालमा सबैभन्दा लोकप्रिय प्रदर्शनमुखी स्कुटरहरूमध्ये एकका रूपमा स्थापित भएको छ ।

यस महत्वपूर्ण उपलब्धिको अवसरमा जगदम्बा मोटर्सले फागुन ४ गते (फेब्रुअरी १६) देशभर रहेका सबै आधिकारिक टिभिएस बिक्री केन्द्रहरूमा राष्ट्रिय स्तरको ‘१ लाख ५० हजार उत्सव’ आयोजना गर्ने घोषणा गरेको छ । कार्यक्रममा चालकहरू, ग्राहकहरू, विक्रेता, मोटर खेलप्रेमी तथा स्कुटरप्रेमीहरूको सहभागिता रहने जनाइएको छ ।

कम्पनीका अनुसार यो उपलब्धि केवल बिक्री सफलताको सूचक मात्र नभई नेपाली सडकमा सञ्चालनमा रहेका १ लाख ५० हजार टिभिएस एनटर्क १२५ स्कुटर, ग्राहकहरूको बलियो विश्वास, विक्रेता सञ्जालको प्रतिबद्धता तथा ढुवानी, बिक्री, सेवा, बजार प्रवर्द्धन र जगेडा पुर्जा क्षेत्रमा कार्यरत सम्पूर्ण टोलीको संयुक्त प्रयासको परिणाम हो । यसले नेपालमा प्रदर्शनमुखी स्कुटर श्रेणीमा एनटर्क १२५ को अग्रणी स्थानलाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ ।

बजारमा सार्वजनिक भएदेखि नै रेसिङ शैलीबाट प्रेरित डिजाइन, शक्तिशाली क्षमता तथा स्मार्ट जडान सुविधा जस्ता विशेषताका कारण टिभिएस एनटर्क १२५ युवा चालक तथा शहरी प्रयोगकर्ताहरूको पहिलो रोजाइ बन्दै आएको छ । यस उपलब्धिले कम्पनीलाई आगामी दिनमा थप नवीन प्रविधियुक्त सवारीसाधनमार्फत नेपाली ग्राहकहरूलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्ने प्रेरणा दिएको बताइएको छ ।

यस अवसरमा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहक, विक्रेता तथा साझेदारहरूप्रति आभार व्यक्त गर्दै १ लाख ५० हजार प्रयोगकर्ताको उपलब्धि केवल बिक्री संख्या मात्र नभई नेपाली ग्राहकहरूको विश्वास र कम्पनीको देशव्यापी विक्रेता तथा सेवा सञ्जालको समर्पणको प्रतीक भएको बताए । उनले यो उत्सव एनटर्क समुदाय निर्माणमा योगदान गर्ने सम्पूर्ण पक्षप्रति सम्मान व्यक्त गर्ने अवसर भएको उल्लेख गरे ।

कम्पनीले ग्राहक तथा सरोकारवालाहरूलाई फागुन ४ गते नजिकको आधिकारिक टिभिएस बिक्री केन्द्रमा उपस्थित भई राष्ट्रिय उत्सवमा सहभागी हुन तथा विशेष कार्यक्रमहरूको अनुभव लिन आग्रह गरेको छ ।

जगदम्बा मोटर्स शंकर समूह अन्तर्गतको कम्पनी हो, जसले नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारीसाधनहरूको आधिकारिक वितरण गर्दै आएको छ । कम्पनीले आधुनिक गतिशीलता समाधान, गुणस्तरीय सेवा सहयोग तथा ग्राहककेन्द्रित सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ८ : ४२ बजे

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छ : प्रधानसेनापति

बुटवल । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता,

राष्ट्रपतिसमक्ष सभामुखको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले

डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न सकिने कानुन बन्दै

काठमाडौं । सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन

करिब २८ अर्ब रुपैयाँ बराबर सहुलियत ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंक र एशियाली विकास बैंक (एडीबी)बाट

बैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरुहुने

काठमाडौं । आगामी शैक्षिक सत्र २०८३ वैशाख १३ दिन ढिला