१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

संविधानलाई सही बाटोमा ल्याउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : निधि



धनुषा । नेपाली कांग्रेसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले संविधानलाई सही मार्गमा ल्याउनु अहिलेको प्रमुख राष्ट्रिय जिम्मेवारी भएको बताएका छन् ।

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकमा देखिएको राजनीतिक अस्थिरता, व्यवस्थाप्रति बढ्दो असन्तुष्टि तथा सङ्घीय संरचनाको प्रभावकारी कार्यान्वयनमा देखिएका कमजोरीप्रति चिन्ता व्यक्त गर्दै संविधानलाई ‘लिकमा ल्याउन’ सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताए ।

नेता निधिले संविधान कार्यान्वयनमा देखिएका जटिलता हटाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्न आवश्यक रहेको बताए। “संविधान उत्कृष्ट दस्तावेज हो, तर यसको कार्यान्वयनमा इमान्दारिता र प्रतिबद्धता जरूरी छ”, उनले भने, “जनताको अधिकार सुनिश्चित गर्न र विकासको गति बढाउन संविधानको मर्मअनुसार काम गर्नुपर्छ ।”

नेता निधिले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै संविधानमाथि अनावश्यक टीकाटिप्पणी गर्नेभन्दा यसको सफल कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने धारणा राखे। “सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ, तर “राजनीतिक स्थायित्वविना आर्थिक समृद्धि सम्भव छैन । त्यसैले दलहरूबीच सहमति र सहकार्यको संस्कृति विकास गर्नुपर्छ । परिवर्तनलाई संस्थागत गर्नुपर्छ”, उनले भने ।

पत्रकारहरूको जिज्ञासामा नेता निधिले मधेस प्रदेशमा विकास निर्माणका सवाल, रोजगारी सिर्जना तथा कृषि आधुनिकीकरणजस्ता विषयमा सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा राखे । यसका लागि तीनै तहका सरकार संवेदनशील बन्नुपर्ने उनको आग्रह थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ३ : १२ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का