१० असार २०८३, बुधबार | June 24, 2026

अमेरिका-इजरायल आक्रमणबाट इरानमा हालसम्म ७८७ जनाको मृत्यु



अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेदेखि अहिलेसम्म ७८७ इरानीको मृत्यु भएको छ ।

शनिबारदेखि इरानमाथि आक्रमण सुरु गरेयता ७८७ जनाको ज्यान गएको इरानको रेड क्रिसेन्ट सोसाइटीले जनाएको छ।

यसैबीच, अमेरिकामा आधारित संस्था ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान (HRANA) ले ७४२ सर्वसाधारणको मृत्यु भएको उल्लेख गरेको छ, जसमा १७६ बालबालिका पनि रहेका छन्।

इरानी संसदको स्वास्थ्य आयोगकी सदस्य फातेमेह मोहम्मदबेगीले सोमबार नौ वटा अस्पताललाई निशाना बनाइएको बताउँदै इजरायल र अमेरिकामाथि अस्पताल लक्षित आक्रमण गरेको आरोप लगाएकी छन्।

इजरायली रक्षा बल (IDF)ले तेहरानस्थित गान्धी अस्पताललाई लक्षित गरिएको भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै उक्त आक्रमण अस्पताललाई लक्षित गरी नगरिएको दाबी गरेको छ।

यसैबीच, इरानको विदेश मन्त्रालयले आज पुनः इजरायल र अमेरिकामाथि सोही अस्पताललाई निशाना बनाएको आरोप लगाएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ३ : ४४ बजे

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

काठमाडौं । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ ।

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको

महाधिवेशन नसकी काठमाडौं फर्किए बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा