१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

अमेरिका-इजरायल आक्रमणबाट इरानमा हालसम्म ७८७ जनाको मृत्यु



अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेदेखि अहिलेसम्म ७८७ इरानीको मृत्यु भएको छ ।

शनिबारदेखि इरानमाथि आक्रमण सुरु गरेयता ७८७ जनाको ज्यान गएको इरानको रेड क्रिसेन्ट सोसाइटीले जनाएको छ।

यसैबीच, अमेरिकामा आधारित संस्था ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान (HRANA) ले ७४२ सर्वसाधारणको मृत्यु भएको उल्लेख गरेको छ, जसमा १७६ बालबालिका पनि रहेका छन्।

इरानी संसदको स्वास्थ्य आयोगकी सदस्य फातेमेह मोहम्मदबेगीले सोमबार नौ वटा अस्पताललाई निशाना बनाइएको बताउँदै इजरायल र अमेरिकामाथि अस्पताल लक्षित आक्रमण गरेको आरोप लगाएकी छन्।

इजरायली रक्षा बल (IDF)ले तेहरानस्थित गान्धी अस्पताललाई लक्षित गरिएको भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै उक्त आक्रमण अस्पताललाई लक्षित गरी नगरिएको दाबी गरेको छ।

यसैबीच, इरानको विदेश मन्त्रालयले आज पुनः इजरायल र अमेरिकामाथि सोही अस्पताललाई निशाना बनाएको आरोप लगाएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ३ : ४४ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको