२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

निजामती कर्मचारी अस्पतालद्वारा आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन



काठमाडौं । निजामती कर्मचारी अस्पतालले आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरी स्वास्थ्य सेवा प्रवाहका लागि १३ सदस्यीय आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीका अनुसार अस्पतालका मेडिकल डिभिजन प्रमुख डा दीपक पौडेलको नेतृत्वमा समिति गठन गरिएको हो ।

समितिमा सिनियर रजिष्ट्रार प्राडा जितेन्द्र परियार, रजिष्ट्रार डा अरुण सिग्देल, रजिष्ट्रार डा जेनर कुरुम्वाङ, रजिष्ट्रार डा समीर न्यौपाने सदस्य रहेका छन ।

यसैगरी, निमित्त नर्सिङ प्रमुख सविका मुनिकार, प्रशासकीय अधिकृत रञ्जना नेपाल, फार्मेसी अधिकृत दीपा ढुङ्गाना, रेडियोग्राफी टेक्नोलोजिष्ट प्रविन धौराली, वरिष्ठ ल्याब टेक्निसियन अमेन्द्र अधिकारी र सवारी इञ्चार्ज रामहरि श्रेष्ठ सदस्य छन ।

समितिको सदस्य सचिवको जिम्मेवारी भने रजिष्ट्रार डा रमेश पन्तलाई दिइएको छ ।

कार्यकारी निर्देशक डा रेग्मीले निर्वाचनमा सम्भावित घटनाको उपचार व्यवस्थापन गर्नका लागि समिति गठन गरेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई निर्वाचनमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि ‘दु्रत प्रतिकार्य टोली’ गठन गर्ने निर्देशन दिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ६ : ४१ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि