१२ असार २०८३, शुक्रबार | June 26, 2026

रुपन्देही-२ मा रास्वपाका सुलभ खरेलको सुरुआती अग्रता, विष्णु पौडेलभन्दा २ हजार बढी मतले अगाडि



बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर-२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले सुरुआतदेखि नै अग्रता कायम गरेका छन् ।

प्रारम्भिक मतपरिणामअनुसार खरेलले पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेललाई दुई हजारभन्दा बढी मतले पछि पारेका छन् । हालसम्मको गणनामा खरेलले ४ हजार ७४ मत प्राप्त गरेका छन् भने पौडेलले ८४५ मत पाएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा (पौडेल) ५०४ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

बुटवल उपमहानगरपालिका-१ बाट गणना गरिएको १ हजार ८६५ मतमध्ये खरेलले १ हजार २९३ मत प्राप्त गरेका छन् । सोही क्षेत्रमा विष्णु पौडेलले २४५ र कांग्रेसका चुन्नप्रसादले १९९ मत पाएका छन् । नेकपाका उम्मेदवार विश्वदीप पाण्डेले ८ मत प्राप्त गरेका छन् ।

त्यस्तै तिलोत्तमा नगरपालिका-१ को मतगणनामा पनि खरेलले २ हजार ७८१ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । सो क्षेत्रमा विष्णु पौडेलले ६०९ मत प्राप्त गरेका छन् भने नेकपाका विश्वदीप पाण्डेले ३५ मत पाएका छन् ।

निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेका अनुसार रुपन्देही-२ मा कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन् । मतगणना जारी रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ५ : २२ बजे

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण