बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। हालसम्म गणना भएको ८ हजार ४६३ मत अनुसार एमालेका उम्मेदवार प्रमोद यादवले २ हजार ६९८ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले २ हजार २४७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कन्हैया बनियाँले १ हजार ८३०, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाले ६६९, जनमत पार्टीका भोपेन्द्र यादवले २१९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अनिउद्दिन खानले १२९ र नेकपाका बावुलाल यादवले ४७ मत प्राप्त गरेका छन् ।
सुरुवाती अग्रता लिएका प्रमोद यादव २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट यही क्षेत्रबाट विजयी भएका थिए भने २०७९ को निर्वाचनमा पराजित भएका थिए ।
निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार गणना भएको मतमध्ये ५१० मत बदर भएको छ । रुपन्देही-४ मा कुल मतदाता संख्या १ लाख १६ हजार १७२ रहेको छ ।

















प्रतिक्रिया