काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचन २०८२ मा पहिलो खाता खोलेको छ ।
रास्वपाकी रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नं. १ बाट विजयी भएकी छिन् । रञ्जुले १५ हजार ४५५ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका का उम्मेदवार प्रवल थापाले ६ हजार ३६४ मत प्राप्त गरेका छन्।
यसैगरी, अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका उम्मेदवार रविन्द्र मिश्रले भने ३ हजार ९७२ मतमै चित्त बुझाउनुपरेको छ ।

















प्रतिक्रिया