२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

अर्घाखाँचीमा रास्वपाका हरि प्रसाद भुसालको अग्रता



अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि प्रसाद भुसालले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन् ।

शुक्रबार बिहानदेखि सुरु भएको मतगणनाअनुसार हालसम्म सन्धिखर्क नगरपालिका वडा नम्बर १, २, ३ र ४ को मत परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक मतपरिणाम अनुसार भुसालले २ हजार ७०७ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विष्णु प्रसाद खनाल ‘मुस्कान’ले १ हजार ४०४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले) का उम्मेदवार पीताम्बर भुसालले १ हजार ३७८ मत प्राप्त गरेका छन् ।

अर्घाखाँचीमा मतगणना जारी रहेकाले आगामी परिणामसँगै मतान्तरमा परिवर्तन हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : ४६ बजे

इलाम-२ मा श्रम संस्कृति पार्टीको अग्रता, सुहाङ पछ्याउँदै

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा इलाम जिल्ला क्षेत्र

अछाम-१ भीम रावलको अग्रता कायम

अछाम । अछाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली

एक सय आठ स्थानमा रास्वपा अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०८

नेकपा संयोजक प्रचण्ड भारी मतान्तरका साथ निर्वाचित

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल

दाङ-२ : रास्वपाका आचार्यलाई पछ्याउँदै एमालेका पोख्रेल

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं २