१० बैशाख २०८३, बिहिबार | April 24, 2026

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार मतान्तरले अगाडी



म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन् । धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको २३ वटा वडामा खसेको २४ हजार नौ सय ३५ मत गणना गर्दा पुनले आठ हजार ६७ मतले अग्रता लिएका हुन् ।

पुनले १२ हजार दुई सय २२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले हालसम्म चार हजार एक सय ५५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए ।

नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी,)ले दुई हजार सात सय ३२, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले दुई हजार छ सय ३५ र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले आठ सय ५५ मत प्राप्त गरेका छन् ।

बेनी नगरपालिकाको छ, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको २२ वटा वडाको २२ हजार ६० मत गणना गर्न बाँकी छ । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता रहेकोमा ४६ हजार दुई सय १५ मत खसेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ११ : ५४ बजे

क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन

नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकार महिला बाँकेले नयाँवर्षको शुभकामना आदान

भोलिदेखि नेपालगन्जमा ‘स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ : तयारी पूरा

नेपालगन्ज । भोलिबाट नेपालगन्जमा सुरु हुने ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा

काठमाडौँबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकलयात्रा’

काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना