२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको विशाल अग्रता



बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई झनै फराकिलो बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार ७२५५१ मत गणना गर्दा खरेलले ४८ हजार २४० मत प्राप्त गरेका छन् । उनी ३७ हजार ५९६ मतको फराकिलो अन्तरसहित अग्रस्थानमा रहेका छन् ।

त्यस्तै नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेल १० हजार ६४४ मतसहित दोस्रो स्थानमा रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले ७ हजार ६४३ मत प्राप्त गरेका छन् ।

रूपन्देही-२ निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाका वडा नं. १ देखि १३, तिलोत्तमा नगरपालिकाका वडा नं. १ देखि ६ तथा सैनामैना नगरपालिकाका वडा नं. १ देखि ४ समेटिएका छन् ।

यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल, रास्वपाका सुलभ खरेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे लगायत विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी कुल ३९ जना प्रतिस्पर्धामा रहेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ७ : १० बजे

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, केपी ओली २५ हजारभन्दा बढी मतले पछि

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर

चितवन-२ मा रास्वपा सभापति लामिछाने विजयी

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको झिनो अग्रता, रास्वपाका गोविन्द पन्थी नजिकै

गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

बाँके-३ मा रास्वपाका सुनार निर्वाचित

बाँके । बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी