१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित



काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरेका छन् ।

निर्वाचनको अन्तिम मत परिणामअनुसार साहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरेका छन् । यसरी साहले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन् ।

साहले प्राप्त गरेको मत संसदीय निर्वाचनको इतिहासमै अत्यन्त ठूलो मतसंख्याका रूपमा चर्चा गरिएको छ, त्यो पनि ओलीकै गृहजिल्ला झापामा ।

काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा तत्कालीन प्रधानमन्त्री ओलीसँग विभिन्न विषयमा मतभेद र टकराव देखिएका बालेन साह यसपटक झापा-५ बाट चुनावी मैदानमा उत्रिएका थिए। अन्ततः त्यही प्रतिस्पर्धा चुनावी परिणाममार्फत टुंगिएको छ ।

७३ वर्षीय ओलीका लागि यो संसदीय निर्वाचनमा भोग्नुपरेको दोस्रो पराजय हो। उनले यसअघि झापाबाट छ पटक निर्वाचन जितेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा भने माओवादी लहरका बेला उनी झापा-७ बाट पराजित भएका थिए ।

२०७९ सालको निर्वाचनमा झापा-५ बाट ओलीले सर्वाधिक मतसहित विजय हासिल गरेका थिए। तर यसपटक भने त्यो परिणाम उल्टिँदै साहले ठूलो मतान्तरसहित जित सुनिश्चित गरेका हुन् ।

झापा-५ मा कुल १ लाख ६ हजार ३७२ मत खसेको थियो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका सबै पाँचवटै क्षेत्र तथा मोरङका सबै छवटै क्षेत्रमा विजय हासिल गरेको छ । देशभर पार्टीले हालसम्म ६० सिटमा जित निकाल्दै थप ६२ सिटमा अग्रता बनाएको बताइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ६ : ४६ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका