२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै भारत लगातार दोस्रो पटक टी-२० विश्वकप च्याम्पियन



काठमाडौं । आयोजक भारतले आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ । फाइनल खेलमा न्यूजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले लगातार दोस्रो पटक विश्वकप ट्रफी उचालेको हो। यसअघि पनि भारतले २०२४ मा टी-२० विश्वकपको उपाधि जितेको थियो ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको विशाल स्कोर बनाएको थियो । भारतका लागि ओपनर सञ्जु सैमसनले उत्कृष्ट प्रदर्शन गर्दै ४६ बलमा ८९ रनको शानदार पारी खेले । उनले ५ चौका र ८ छक्का प्रहार गरे ।

यस्तै अभिषेक शर्माले २१ बलमा ५२ रन र इशान किशनले २५ बलमा ५४ रन बनाउँदै अर्धशतक पूरा गरे । शिवम दुबे र हार्दिक पाण्ड्याले समान १८-१८ रनको योगदान दिए भने कप्तान सूर्यकुमार यादव शून्य रनमा आउट भए ।

न्यूजिल्याण्डका लागि जेम्स निशामले तीन विकेट लिए । उनले एकै ओभरमा सञ्जु सैमसन, इशान किशन र सूर्यकुमार यादवलाई आउट गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । म्याट हेनरी र रचिन रविन्द्रले एक-एक विकेट लिए ।

२५६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड निर्धारित ओभरमा लक्ष्य नजिक पुग्न सकेन । टोलीका अधिकांश ब्याट्सम्यान प्रभावकारी प्रदर्शन गर्न नसक्दा हार व्यहोर्नुपर्‍यो । टिम सिफर्टले २६ बलमा ५२ रन बनाउँदै अर्धशतक प्रहार गरे भने कप्तान मिचेल सेन्टनरले ३५ बलमा ४३ रन बनाए । तर यी योगदान जितका लागि पर्याप्त हुन सकेनन् ।

बलिङतर्फ भारतका जसप्रित बुमराहले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र १५ रन खर्चेर ४ विकेट लिए । अक्षर पटेलले ३ विकेट लिए भने वरुण चक्रवर्ती, हार्दिक पाण्ड्या र अभिषेक शर्माले समान १-१ विकेट लिए ।

यस जितसँगै भारतले लगातार दोस्रो पटक टी-२० विश्वकप जित्दै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो वर्चस्व कायम राखेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ७ : ४५ बजे

धनुषा-१ को परिणाम घोषणा ढिलाइप्रति नेकपाको असन्तुष्टि, विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगले धनुषा निर्वाचन

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको

‘नयाँ सरकारले निराशालाई आशामा बदल्नु पर्छ ’

चितवन । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

भैरहवा । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन