३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

चैत ५ भित्र प्रतिनिधिसभा निर्वाचनका सबै काम सक्ने आयोगको लक्ष्य



काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया चैतको पहिलो साताभित्र सम्पन्न गर्ने जनाएको छ।

आयोगले विशेषगरी समानुपातिकतर्फ निर्वाचित हुने सांसदलाई प्रमाणपत्र वितरण गर्ने काम समेत सो अवधिभित्र सक्ने लक्ष्य लिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंगलबारसम्म समानुपातिकतर्फको मतगणना सबै ठाउँमा सम्पन्न हुने अनुमान गरिएको छ। मतगणना सकिएपछि खसेको सदर मतको प्रतिशतका आधारमा प्रत्येक राजनीतिक दलले प्राप्त गरेको मतको अनुपात निर्धारण गरिनेछ।

त्यसपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले समानुपातिकतर्फबाट प्रत्येक दलले पाउने सांसदको संख्या तय गर्नेछ। निर्धारित संख्याअनुसार समावेशी क्लस्टर मिल्ने गरी बन्दसूचीभित्रबाट उम्मेदवारको नाम सिफारिस गर्न आयोगले सम्बन्धित दलहरूलाई पत्राचार गर्नेछ।

दलहरूले पठाएको नामावलीलाई आयोगले समावेशी क्लस्टरअनुसार रुजु गर्नेछ। क्लस्टरअनुसार मिलेको पुष्टि भएपछि समानुपातिकतर्फ निर्वाचित हुने सांसदको नाम अन्तिम रूपमा यकिन गरी उनीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ।

निर्वाचनसँग सम्बन्धित यी सबै प्रक्रिया चैत ५ भित्र सम्पन्न गर्ने लक्ष्यका साथ आयोगले काम अघि बढाएको प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  २ : १६ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६