५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

इनिशालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन, थप अनुसन्धानका लागि सीआईबी टोली सुर्खेतमा



काठमाडौं । सुर्खेतमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाले गम्भीर रूप लिँदै गएको छ । घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दै दलित, महिला तथा मानव अधिकारकर्मीहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् । आन्दोलनरत समूह आजै राष्ट्रिय मानव अधिकार आयोगमा पनि पुगेर ध्यानाकर्षण गराउने तयारीमा छन् ।

यसैबीच घटनालाई लिएर जनस्तरबाट दबाब बढ्न थालेपछि प्रहरीले थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली सुर्खेत पुगेको छ ।

गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ स्थित शहीद उद्यान परिसरभित्र रहेको जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी उनीहरूविरुद्ध जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  २ : ४४ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी

विश्व पोलियो दिवसका अवसरमा काठमाडौंमा ‘मेगा पोलियो साइकल -याली’ हुने

काठमाडौं । विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौं । नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको