१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने



बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको घातक अमेरिकी क्षेप्यास्त्र आक्रमणमा मारिएका विद्यार्थीका अभिभावकलाई दुई लाख डलर मानवीय सहयोग दिने जनाएको छ ।

इरानले अमेरिका र इजरायलमाथि युद्धको पहिलो दिन दक्षिण इरानस्थित उक्त विद्यालयमा आक्रमण गरेको आरोप लगाएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार आक्रमणमा मारिएका कम्तीमा १६५ जनाको अन्त्येष्टि गरिएको थियो । घटनाको स्वतन्त्र पुष्टि भने उपलब्ध छैन र अमेरिकी सेनाले अनुसन्धान जारी राखेको छ ।

बेइजिङको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले विद्यालय र बालबालिकामाथि हुने आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानूनको ‘गम्भीर उल्लङ्घन’ भएको बताए । उनले भने, “यो मानव विवेक र नैतिकताको आधारलाई उल्लङ्घन गर्ने कार्य हो । चीन यस कठिन समयमा इरानी जनतालाई सहयोग गर्न तयार छ ।”

चिनियाँ रेडक्रस सोसाइटीले उक्त सहयोग इरानी रेड क्रिसेन्टमार्फत मृत विद्यार्थीका अभिभावकलाई ‘समवेदना र क्षतिपूर्ति’ स्वरूप उपलब्ध गराउनेछ ।

न्युयोर्क टाइम्सले अमेरिकी सैन्य अनुसन्धानमा अमेरिकी टोमहाक मिसाइलले गल्तीले विद्यालयमा प्रहार गरेको रिपोर्ट प्रकाशित गरेको छ । इजरायलले यस आक्रमणसँग कुनै सम्बन्ध नरहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा इरान आफैँ जिम्मेवार हुन सक्ने सुझाव दिएका थिए भने पछि ‘म अनुसन्धानले देखाउने नतिजा अनुसार प्रतिक्रिया दिनेछु’ भन्दै थप स्पष्टीकरण दिएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ५ : १९ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को