१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य



तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको स्तरोन्नति गर्न गरिएको ठेक्का सम्झौता अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को गत फागुन १४ गतेको बैठकले ठेक्का तोड्ने निर्णय गरेको हो ।

साविक जिल्ला विकास समिति तनहुँबाट राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत २५ किलोमिटर सडक स्तरोन्नति गर्न २०७३ साल वैशाख २३ गते सन्तोषी निर्माण सेवा प्रालि चितवनसँग सम्झौता भएको थियो । प्रदेश संरचना लागू भएपछि उक्त आयोजना पूर्वाधार विकास कार्यालय तनहुँमा हस्तान्तरण गरिएको थियो ।

तर अन्तिम बिल भुक्तानीसम्बन्धी विवादका कारण काम लामो समयदेखि अलपत्र रहँदै आएको थियो । सो विवादमा मध्यस्थ परिषद्ले गरेको निर्णय उच्च अदालतबाट सदर भइसकेको छ । विगत पाँच वर्षदेखि नेपाल मध्यस्थता परिषदमार्फत उच्च अदालत पाटन ललितपुर हुँदै सर्वोच्च अदालतसम्म पुगेको उक्त मुद्दामा सर्वोच्च अदालतले हालै अन्तिम फैसला सुनाएको छ ।

घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले गाउँ कार्यपालिकाको निर्णयअनुसार सडक निर्माण रोकिँदा स्थानीय बासिन्दाको दैनिक आवागमनमा असर परेको, वैकल्पिक रूपमा अन्य निर्माण व्यवसायीमार्फत काम अघि बढाउन पनि सम्भव नभएको तथा सम्झौता कायम रहँदासम्म नयाँ काम सुरु गर्न नमिल्ने अवस्थाका कारण ठेक्का अन्त्य गर्नुपरेको जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार सम्झौता अन्त्य भएसँगै अन्य वैकल्पिक सडक आयोजनाहरू अघि बढाउने बाटो खुलेको छ । विशेषगरी गाईघाट-गल्याङ-कटहरे वैकल्पिक राजमार्गको मौसमी खण्डका लागि विनियोजित ४० करोडबराबरको आयोजनामा अब बोलपत्र आह्वान गर्न सकिने अवस्था बनेको छ । उनले भने, ‘यस निर्णयले लामो समयदेखि समस्यामा परेको सडक निर्माण प्रक्रिया पुनः अघि बढ्ने अपेक्षा गरिएको छ ।’

अदालतमा मुद्दाका कारण उक्त सडकका लागि आएको बजेट पनि पटकपटक ‘फ्रिज’ भएको थियो । उक्त सडकमध्ये देउरालीबाट मानपुरसम्म गण्डकी प्रदेश सरकारले, मानपुरबाट घिरिङ गाउँपालिकाको कार्यालय पोखरीछापसम्म ३.५ किलोमिटर सडक घिरिङ गाउँपालिकाको आन्तरिक बजेटबाट गत वर्ष कालोपत्र गरिएको थियो ।

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ तथा नियमावली, २०७९ बमोजिम ठेकेदार पक्षले करिब चार करोड २५ लाख २७ हजार ४१७ पैसा दाबी गरेको अवस्था रहेको जनाइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ८ : ५३ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा