२३ भदौ २०८३, मंगलबार | September 8, 2026

रवि लामिछाने र छविलाल जोशीको मुद्दा फाइल झिकाउन अदालतको आदेश



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा अदालतले फाइल झिकाउन आदेश दिएको छ ।

बुटवलस्थित तुलसीपुर उच्च अदालतको इजलासमा बिहीबार दुवै जनासम्बन्धी मुद्दाको पेसी तोकिएको थियो । अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेशसहित सम्बन्धित सबै फाइल झिकाउन आदेश जारी गरिएको हो ।

लामिछाने र जोशीमाथि बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोग लागेको छ ।

न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्याल रहेको संयुक्त इजलासले ३ नम्बर पेसीमा मुद्दा सुनेको थियो । यसअघि कात्तिक १३ गते तोकिएको पेसी जोशी पक्षका कानुन व्यवसायीको निवेदनपछि स्थगित भएको थियो ।

त्यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले लामिछाने र जोशीको मुद्दा एकै प्रकृतिको भएकाले दुवैलाई एउटै प्रक्रियामा राखी सुनुवाइ गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ४ : ३१ बजे

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह