काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापतिद्वय स्वर्णिम वाग्ले एवं डीपी अर्यालबीच बिहीबार साँझ राजधानीको एक होटलमा भएको छलफल पछि प्रधानमन्त्री पदको शपथ लिने मिति तय गरिएको हो ।
नयाँ प्रधानमन्त्रीमा बालेन्द्र शाहलाई अघि सार्ने रास्वपाले यसअघि नै घोषणा गरिसकेको छ ।
यही चैत १२ गते सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्रीको शपथ लिने मिति नेताहरुले तय गरेका हुन् ।
बालेन्द्र शाह नयाँ संविधान निर्माणपछि पहिलोपटक संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रतिनिधिसभामा बहुमतप्राप्त दलको नेताको हैसियतमा प्रधानमन्त्री बन्न लागेका हुन् । रास्वपाले प्रतिनिधिसभामा १८२ सिट जितेको छ ।
प्रधानमन्त्रीले शपथ लिएकै दिनमा मन्त्रीहरुको मन्त्रीहरूको पनि शपथ गराउने तयारी भइरहेको छ ।


















प्रतिक्रिया