१६ असार २०८३, मंगलबार | June 30, 2026

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ



सिरहा । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर बम विस्फोट घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुखिपुर नगरपालिका–३ का गुमस्ता यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालत सिरहा अगाडि नै उनले कार्यालय खोलेर लेखापढी व्यवसाय गर्दै आएका थिए । उनलाई शङ्काका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । “हामीले शङ्काका आधारमा एक जनालाई पक्राउ गरी चार दिनदेखि अनुसन्धान गरिरहेका छौँ,” उनले भने, “अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र थप विवरण सार्वजनिक गरिनेछ ।”

गएको फागुन २७ गते बार एसोेसिएसनको कार्यालयमा कुकर बम विस्फोट भएको थियो । उक्त विस्फोटमा परी सिरहा नगरपालिका–१ का कर्मचारी सौरभ यादव घाइते भएका थिए । उनको खुट्टामा चोट लागेको थियो । विस्फोटबाट कार्यालयका कम्प्युटरलगायतका सामग्रीको समेत क्षति पुगेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ५ : ३५ बजे

रास्वपाले सच्यायो महाधिवेशनको नतिजा, बढी मत ल्याएका दुई उम्मेदवारलाई केन्द्रीय सदस्य घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ