२६ बैशाख २०८३, शनिबार | May 9, 2026

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध



नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक खण्डमा निर्माण कार्य तीव्र बनाइएका कारण रातिको समयमा सवारी आवागमनमा अस्थायी प्रतिबन्ध लगाइएको छ।

सडक विभाग, आयोजना निर्देशनालय एडिबी अन्तर्गत सञ्चालित उक्त योजनाले सार्वजनिक सूचना जारी गर्दै मौसम पूर्वानुमानअनुसार वर्षा तथा हावाहुरीको सम्भावना रहेको र सडक हिलो तथा चिप्लो बन्ने भएकाले सवारी सञ्चालन जोखिमपूर्ण हुने जनाएको छ।

सूचनाअनुसार चैत ६ गतेदेखि चैत ८ गतेसम्म राति बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ठूला मालवाहक सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाइनेछ। यस्तै, साना तथा यात्रुवाहक सवारीसाधनलाई पनि आवश्यकताका आधारमा मात्रै सञ्चालन गर्न दिइने उल्लेख छ।

विशेष गरी बर्दघाटतर्फ त्रिवेणी चोक (टिसिएन चोक) र दुम्किबास क्षेत्रमा सवारी नियन्त्रण गरिनेछ। आकस्मिक सेवा, एम्बुलेन्स, सुरक्षा निकायका सवारीलाई भने प्राथमिकता दिइने आयोजनाले जनाएको छ।

निर्माण कार्य अन्तर्गत सडक मर्मत-सम्भार तथा कल्भर्ट निर्माण भइरहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न चालक तथा यात्रुहरुलाई आग्रह गरिएको छ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ७ : ४४ बजे

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ

सीताको अग्निपरीक्षा

के तपाईंले कहिल्यै सोच्नुभएको छ, एउटी स्त्रीलाई न्याय चाहिन्छ कि

आईएमई र सामसुङ नेपालले गरे वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारहरूलाई सशक्त बनाउने घोषणा

काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

मुस्ताङ । यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले