६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण



काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज विभिन्न मन्त्रीहरूको सहभागितामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

वन तथा वातावरण मन्त्रालय र वन तथा भू–संरक्षण विभागको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा सरकारका उच्चपदस्थ पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईं, परराष्ट्रमन्त्री बालानन्द शर्मा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले संयुक्त रूपमा विभिन्न प्रजातिका बिरुवाहरू रोपेका हुन् ।

वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे । उनले तीव्र सहरीकरणका कारण हरियाली क्षेत्र घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारी निकायहरूले हरित पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।

“संसद् भवन जस्तो महत्त्वपूर्ण संरचना वरपर हरियाली कायम गर्नु केवल सौन्दर्यको विषय मात्र नभई वातावरणीय सन्तुलन कायम गर्ने दीर्घकालीन रणनीति हो ।” उनले भने ।

आज संसद् भवन परिसरमा रुद्राक्ष, कपुर, धुपी र समीका बिरुवाहरू रोपिएको वन तथा भू–संरक्षण विभागका वन व्यवस्थापन महाशाखाका उपमहानिर्देशक धनञ्जय लामिछानेले जानकारी दिए । उनका अनुसार यी बिरुवाहरू वातावरणीय हिसाबले उपयोगी हुनुका साथै धार्मिक र सांस्कृतिक महत्वसमेत बोकेका छन् । उक्त वृक्षारोपण कार्यक्रमले निर्माणाधीन संसद भवन परिसरलाई हराभरा र वातावरणमैत्री बनाउने लक्ष्य लिएको तथा यसले नागरिकहरूमा वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको उपमहानिर्देशक लामिछानेको भनाइ छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ९ : ३८ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस