३० श्रावण २०८३, शनिबार | August 15, 2026

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा



बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न तनावपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

दुई समुदायबीचको विवाद थप चर्किन नदिन आज दिउँसो २ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो।

निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी सूचनाअनुसार तोकिएको क्षेत्रमा कुनै पनि प्रकारको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

प्रशासनले निषेधाज्ञाको क्षेत्र सीमा पनि तोकेको छ। पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रसम्म निषेधाज्ञा लागू गरिएको जनाइएको छ।

महाराजगञ्ज नगरपालिका–२ र ३ को सीमावर्ती क्षेत्रमा मुस्लिम समुदायले ईद तथा हिन्दु समुदायले नवरात्रको अवसरमा धार्मिक गतिविधि गरिरहेका बेला विवाद सुरु भएको थियो। आज बिहान मन्दिरमा भजन गाउने क्रममा भएको तोडफोडको विषयलाई लिएर दुवै समुदायका युवाबीच तनाव बढ्दै गएको बताइएको छ।

त्यसै क्रममा रामनवमीका अवसरमा मन्दिरमा भजन–कीर्तन भइरहेको तथा ईदको नमाज पढ्दा दुवैतर्फबाट माइकको आवाज चर्को भएको विषयले विवाद थप चर्किएको थियो।

तनावका क्रममा दुवै पक्षबीच ढुंगा प्रहारसमेत भएको थियो। उक्त घटनामा पाँच जना सामान्य घाइते भएको निमित्त प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

प्रशासनका अनुसार निषेधाज्ञा जारी गरिएपछि अहिले अवस्था नियन्त्रणमा आएको छ। अर्को सूचना जारी नभएसम्म उक्त क्षेत्रमा निषेधाज्ञा कायम रहने प्रशासनले जनाएको छ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ४ : १६ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर