३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल



नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार प्रतिवादी पक्राउ गरेर रु तीन करोड ३५ लाख ३४ हजार ४९८ जरिवाना असुल उपर गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले उनीहरूमाथि १२५ वर्ष एक महिना नौ दिन कैद सजाय तोकिएको जानकारी दिए ।

चालु आर्थिक वर्ष २०८२/८३ को असोजदेखि फागुन मसान्तसम्मको अवधिमा जिल्लामा कुल एक हजार १३२ वटा मुद्दा दर्ता हुँदा ९३९ जना अभियुक्तलाई पक्राउ गरिएको उनले बताए ।

प्रहरीले अवैध भन्सार छली नियन्त्रणतर्फ ६ महिनाको अवधिमा प्रहरीले रु एक करोड ९५ लाख ६० हजार ४९३ बराबरको राजस्व सङ्कलन गरेको छ । सोही क्रममा ४९ जना पक्राउ परेका छन् भने दुईवटा गाडी, २१ मोटरसाइकल र दुईवटा ई–रिक्सा बरामद गरिएको छ ।

ट्राफिक कारबाहीतर्फ जिल्लाभर १५ हजार ६६७ वटा सवारीसाधनलाई कारबाही गर्दै रु एक करोड २७ लाख १९ हजार ५०० राजस्व सङ्कलन गरिएको छ । त्यसैगरी, अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणका क्रममा ५२ वटा सवारीसाधन नियन्त्रणमा लिँदै रु ६ लाख २५ हजार ५०० राजस्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त अवधिमा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत २१२ जना पक्राउ परेका छन् । बरामद लागूऔषधतर्फ एक किलो ५०० ग्राम ३२२ मिलिग्राम ब्राउनसुगर, चार ग्राम चरेस, पाँच किलो ६६ ग्राम ८९० मिलिग्राम गाँजा, ५०० मिलिलिटर कोरेक्स, दुई हजार ७०९ ट्याब्लेट नाइट्रोजेपाम र चार हजार १७२ क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ । पक्राउ परेका १९१ नेपाली पुरुष, नौ महिला र १२ भारतीय नागरिकसमेत रहेका छन् ।

यसैबीच, ज्यान मार्ने उद्योगसम्बन्धी तथा अन्य गम्भीर प्रकृतिका घटनामा संलग्न फरार प्रतिवादीहरूलाई पक्राउ गर्दै अनुसन्धानलाई तीव्र बनाइएको छ । गत कात्तिक ६ गते नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित मिलन कटेज नजिक भएको घटनामा फलामको रड र धारिलो हतियार प्रहार गरी तीन जनालाई घाइते बनाउने जाजरकोट भेरीमालिका नगरपालिका–४ का ३० वर्षीय निरज शाहीलाई कात्तिक २४ गते पक्राउ गरिएको प्रनाउ पातलीको भनाइ छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  २ : ०४ बजे

दसैंदेखि छठसम्म वालेटमा एक दिनमा ५० पटकसम्म पैसा जम्मा गर्न सकिने

काठमाडौं। ठूला चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वालेटमा रकम

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त

लुम्बिनी प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्य र गुणस्तरीय सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मानसिक स्वास्थ्यको वर्तमान अवस्था,

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

ललितपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

काठमाडौँ । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी