७ श्रावण २०८३, बिहिबार | July 23, 2026

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५ दिन स्थगित गर्ने बताएका छन् । ट्रम्पले इरानसँग रचनात्मक वार्ता भएको उल्लेख गर्दै तत्काललाई पावर प्लान्टमा गर्ने भनिएको आक्रमण स्थगित गरेको बताएका हुन्।

तत्काललाई ५ दिनका लागि इरानी ऊर्जा प्लान्टहरुमा अमेरिकाले बम नहान्ने ट्रम्पले बताएको सीएनएनबाट जारी खबरमा उल्लेख गरिएको छ ।

‘अमेरिका र इरानले विगत दुई दिनयता रचनात्मक वार्ता गरेको खुसी बाँड्न चाहन्छु’, ट्रम्पलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ, ‘वार्ता मध्यपूर्वमा पूर्ण शान्तिलाई लिएर रचनात्मक र राम्रो भएको छ।’

सोही कारण आफूले युद्ध विभागलाई इरानको ऊर्जा प्लान्टमा आक्रमण नगर्न निर्देशन दिएको उल्लेख गरेका छन्। चलिरहेको वार्ताका लागि कम्तीमा ५ दिनलाई ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने उनको भनाइ छ।

सकारात्मक वातावरणलाई थप मजबुत बनाउन इरानसँगको वार्ता यसै हप्ताभरि जारी रहने उनले जानकारी दिएका छन्। इरानसँगको सम्बन्धमा देखिएका जटिलता हटाउन अमेरिकाले अहिले कूटनीतिक पहललाई तीव्रता दिएको समाचार एजेन्सीहरुको दाबी छ ।

यसअघि ट्रम्पले ऊर्जा प्लान्ट र पूर्वाधारमा आक्रमण गर्ने भन्दै ४८ घण्टे अल्टिमेटम दिएका थिए। इरानले हर्मुज घाँटी नखोले आक्रमण गर्ने बताएका थिए।

ट्रम्पले आक्रमण रोक्ने निर्णय वार्तालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि लिइएको बताएका छन्।

बीबीसीका अनुसार मध्यपूर्वमा पूर्ण शान्तिका लागि प्रयास भइरहेको ट्रम्पको टिप्पणीसँगै कच्चा तेल ब्रेन्ट क्रुड १३ प्रतिशत घटेर ९६ अमेरिकी डलर प्रतिब्यारेलमा झरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ५ : ५१ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ