१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो



काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३ जना सदस्य(साँसद) हरुले नेपाली बाहेकको भाषामा शपथ लिने भएका छन् ।

नवनिर्वाचित ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिने जानकारी प्राप्त भएको संघीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनीहरुले इमेल र भौतिक रुपमा उपस्थित भएर मातृभाषामा शपथ खाने बारे सचिवालयलाई जानकारी गराएका हुन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ । नवनिर्वाचित सदस्यहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने छन् ।

संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन सांसदहरुलाई आग्रह गरेको छ ।

२०६३ सालको अन्तरिम संसद्का ५८ जनाले विभिन्न मातृभाषामा शपथ लिएका थिए भने २०६४ को संविधानसभामा २६४ जनाले आ–आफ्ना मातृभाषामा शपथ लिएका थिए । गणतन्त्रपछि नेपाली भाषाबाहेक मातृभाषामा शपथ लिनेहरू हवात्तै बढेका थिए ।

साँसदहरूले मैथिली, भोजपुरी, मगर, गुरुङ, पश्चिमी थारू, हिन्दी, नेवारी, लिम्बु, तामाङ, राई, पूर्वी थारू, उर्दू, राजवंशी, थकाली, शेर्पा, राना थारू, धिमाल, कुमाल, दार्चुला पश्चिमी भाषा, अवधी, माडवारी, जिरेल, चेपाङ, बाँतर, माझी, सुनुवार, बराम लगायतका भाषामा शपथ लिएका थिए । नेपालमा राष्ट्रिय पञ्चायतमा जनपक्षिय उम्मेदवारकारुपमा विजयी भएका पद्मरत्न तुलाधरले पहिलो पटक नेपाल भाषा(नेवारी) भाषामा शपथ लिएका थिए ।

२०७० मा ३५, २०७४ मा ४६ र २०७९ सालमा २८ सांसदले नेपाली बाहेकका मातृभाषामा शपथ लिएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ११ : ५४ बजे

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका