१० असार २०८३, बुधबार | June 24, 2026

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट



बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका रुपमा उत्कृष्ट घोषित भएको छ ।

उक्त अस्पतालले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन (एमएसएस)मा उत्कृष्ट नतिजा प्राप्त गरेको हो । विगत दुइ वर्षदेखि यस अस्पतालले उत्कृष्टता हासिल गर्दै आएको छ । यसवर्ष पनि ‘सेकेण्डरी बी’ लेभल मूल्याङ्कनमा सुधार गर्दै ९० अङ्कसहित तेस्रोपटक नेपालमै प्रथम भएको हो ।

अस्पतालमा आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्तिलगायतका बारेमा प्रस्तुती गरिएको थियो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सरकारी अस्पतालमा सेवा लिन जाँदा नाक खुम्च्याउनपर्ने अवस्थाको अन्त्य हुँदै गएको बताए । उनले मूल्याङ्कन अङ्कमा मात्र नभइ जनताले पनि महसूस गर्ने गरी काम गर्न निर्देशन दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा रोशनलाल चौधरीले सेवालाई थप विशिष्टीकृत गर्दै लैजान आग्रह गरे । अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा इन्द्र ढकालले न्यूनतम स्वास्थ्य सेवा मापदण्ड मुल्याङ्कनमा प्राप्त नतिजा पर्याप्त नभएकाले थप सुधारका योजनासाथ काम गरिरहेको उल्लेख गरे ।

अस्पतालमा हाल ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० बढी स्वास्थ्यकर्मी तथा कर्मचारीमार्फत सेवा प्रदान हुँदै आएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  १२ : २७ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार