५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ



काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका-२६ ठमेल नरसिंह चोकस्थित सिटी हेभन होटलबाट लागुऔषध खैरो हेरोइनसहित सिरहा नगरपालिका-८ का २९ वर्षीय रक्कीकुमार यादवलाई पक्राउ गरिएको छ ।

यसैगरी, काठमाडौं महानगरपालिका-१६ नयाँ बजार फलफूल चोकबाट लागूऔषध पोलेनसहित एक जना, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट खैरो हेरोइनसहित एक जना, गुलरिया नगरपालिका-११ गणेशपुरबाट एक जना, लहान नगरपालिका-३ बाट एक जना र तुलसीपुर उपमहानगरपालिका-१८ बेलझुण्डीबाट दुई जनालाई पक्राउ गरिएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका-६ बागमाराबाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुईबाट दुई, धरान उपमहानगरपालिका-१६ पानीट्याङ्कीबाट ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसहित दुई तथा सोही उपमहानगरपालिका-२० विष्णुपादुका पुलबाट १७ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ८ : १० बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे