२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

बाह्र वर्षपछि दोदा नदीमा पुल निर्माण



दोधारा चाँदनी । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीको पुल सम्झौता भएको १२ वर्षपछि निर्माण सम्पन्न भएको छ ।

पुल निमार्णका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुस २६ मा सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता गरेको १२ वर्षपछि पुल निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय महेन्द्रनगरले जनाएको छ ।

पुल निमार्णको सम्झौताअनुरूप त्यतिबेला काम सुरु भएर तीनवटा पिलरसम्म निर्माण भएका थिए । तर पुलको फाउन्डेसनमा समस्या देखिएपछि डिजाइन परिर्वतन भएर पुल निर्माण हुन १२ वर्ष लागेको हो । “पुलको फाउन्डेसनमै समस्या देखिएपछि डिजाइन परिवर्तन गरेर पुल निर्माण गर्न समय लाग्यो”, डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर हरिसप्रसाद जोशीले भने, “पुल निर्माण सम्पन्न भएर आवतजावत सुरु भइसकेको छ ।” उनका अनुसार उक्त पुल निमार्णका लागि तीनपटकसम्म म्याद थप गरिएको थियो ।

दोदा नदीमा पुल नहुँदा वर्षौँदेखि यहाँका स्थानीयले आवतजावतमा समस्या झेल्दै आएका थिए । “पुल बनेपछि हामीलाई आवतजावतमा सहज भएको छ, वर्षात्मा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता थियो ।” यहाँका स्थानीय भूपेन्द्र चौधरीले भने, “पुल बनेपछि यहाँका स्थानीयलाई ठूलो राहत भएको छ ।”

नदीपारि बसाइ र वारि खेतबारीको काम गनुपर्ने भएकाले बाध्य भएर ज्यान नै जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय रमेश महर बताउँछन । “नदीपारि लालझाडीमा बसाइ रहेका धेरैको वारि कृष्णपुर नगरपालिकामा खेती छ”, उनले भने, “पुल बनेपछि यहाँका स्थानीय हर्षित छन् ।” उनले उक्त नदीमा पुल नहुँदा यहाँका स्थानीयहरू रोपाइको सिजनमा सास्ती खेप्दै आएको बताए । पुल निमार्णका लागि लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग रु २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ८ : ४९ बजे

क्यान्सरको औषधी सहजताका लागि तोकियो फार्मेसी, नेपालगन्जमा जानकी, भरतपुरमा राजदूत

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

खजुराको एउटै वडामा ७८ बालबालिका र ३१ गर्भवती कुपोषित

खजुरा । यातायात, स्वास्थ्य संस्था र शिक्षाको क्षेत्रमा सुगम मानिएको

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत । पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका