३१ श्रावण २०८३, आइतबार | August 17, 2026

बुटवलमा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ सुरु, प्रविधि प्रदर्शनीमा बढ्दो आकर्षण



बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ आजदेखि बुटवलमा सुरु भएको छ । मिलनचोकस्थित सिद्धार्थ कटेजको सभाहलमा आयोजना गरिएको दुई दिने समिटको उद्घाटन क्यान रूपन्देहीका अध्यक्ष जीवन अधिकारी को अध्यक्षतामा सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, क्यान महासंघ अध्यक्ष सुनैना पाण्डे, डी-म्याक्स प्रतिनिधि अमिर थापा, रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली तथा पूर्व केन्द्रीय अध्यक्ष नवराज कुँवर लगायतले सूचना प्रविधिको प्रयोग सबै क्षेत्रमा बढ्दो रहेको उल्लेख गरे ।

समिटमा सूचना प्रविधिका नवीनतम् प्रविधि, उत्पादन तथा सेवाहरूको प्रदर्शनी गरिएको छ । क्यान महासंघले विगत २६ वर्षदेखि देशभर सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सन्दर्भमा यस समिटलाई विशेष महत्वका साथ आयोजना गरिएको अध्यक्ष अधिकारीले बताए ।

उनका अनुसार समिटमार्फत विश्व बजारमा आएका नयाँ प्रविधिबारे जानकारी गराउने, व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने तथा उपभोक्ता र व्यवसायीबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने लक्ष्य राखिएको छ ।

दुई दिनसम्म सञ्चालन हुने समिटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरूको सहभागिता रहेको छ । मुख्य प्रदर्शनी हलमा हार्डवेयर, पावर सोलुसन, सफ्टवेयरलगायत प्रविधिसम्बन्धी २८ वटा स्टल राखिएका छन् ।

समिटमा कुनै पनि सामानको प्रत्यक्ष खरिद-बिक्री गरिने छैन, तर बुकिङको सुविधा उपलब्ध रहेको क्यान रूपन्देहीका सचिव सुरेश भट्टराईले जानकारी दिए । कार्यक्रम अन्तर्गत चैत १४ गते ‘बी-टु-बी समिट’ पनि आयोजना गरिनेछ, जसले स्थानीय व्यवसायी र अन्तर्राष्ट्रिय आयातकर्ताबीच सहकार्य बढाउने विश्वास गरिएको छ ।

समिटमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आयोजकले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, शैक्षिक संस्था, आईटी विद्यार्थी तथा व्यवसायीहरूलाई समिट अवलोकन गर्न आग्रह गरेको छ ।

आयोजकका अनुसार यस्ता कार्यक्रमले सूचना प्रविधि क्षेत्रको समग्र विकासमा टेवा पुर्‍याउनुका साथै सर्वसाधारणलाई नयाँ प्रविधिसँग परिचित गराउने अपेक्षा गरिएको छ । साथै रूपन्देहीलाई आईटी हबका रूपमा विकास गर्न र तीनै तहका सरकारलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेकोमा जोड दिइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ६ : ४७ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण