२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

ओली पक्राउपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान



काठमाडौं । बालेन्द्र सरकारले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ परेपछि नेकपा (एमाले)ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ।

एमाले सचिव महेश बस्नेतका अनुसार अध्यक्ष ओली पक्राउको विषयमा छलफल गर्न शनिबार बिहान साढे ८ बजेका लागि सचिवालय बैठक बोलाइएको हो। बैठकले ओली पक्राउको विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ। प्रतिशोधपूर्ण तगरिकाले अध्यक्ष ओलीलाई पक्राउ गरेको भन्दै त्यसको विरोधमा पार्टीले संघर्षका कार्यक्रम तय गर्न बैठक बस्न लागेको बस्नेतले जानकारी दिएका छन्।

बस्नेतले सामाजिक सञ्जालमार्फत देशलाई प्रतिशोधको राजनीतिबाट जोगाउन र लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा गर्न एमालेले गर्ने प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्। उनले भनेका छन्, “आज बिहान ८:३० बजे बस्ने सचिवालय बैठकपछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ।”

उनले राजनीतिक बन्दी नहुनु लोकतन्त्रको महत्वपूर्ण सूचक भएको उल्लेख गर्दै नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा उदाहरणीय मानिएको बताएका छन्।

उनले अनुभवहीन तथा विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको र पूर्वप्रधानमन्त्री ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाले देशमा द्वन्द्व बढाउने अवस्था सिर्जना गरेको टिप्पणी गरेका छन्।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ७ : ३३ बजे

क्यान्सरको औषधी सहजताका लागि तोकियो फार्मेसी, नेपालगन्जमा जानकी, भरतपुरमा राजदूत

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

खजुराको एउटै वडामा ७८ बालबालिका र ३१ गर्भवती कुपोषित

खजुरा । यातायात, स्वास्थ्य संस्था र शिक्षाको क्षेत्रमा सुगम मानिएको

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत । पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका