१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

दाउन्नेको घ्यूखोलाबाट बस र ट्रक खोलामा खस्दा ३ जनाको मृत्यु, १५ घाइते



बुटवल । दाउन्ने क्षेत्रमा भीषण सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका-४ घ्यूखोलामा शनिबार बिहान करिब १ बजे तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तका अनुसार दुर्घटनामा बस र ट्रक करिब २०० मिटर तल खोलामा खसेका थिए । पूर्वबाट पश्चिमतर्फ (बुटवलतर्फ) जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रक र लु २ ख २३५१ नम्बरको बसले सोही दिशाबाट अघि बढिरहेको ना ५ ख २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएका थिए । त्यसपछि बस र ट्रक अनियन्त्रित भई तल खसेका हुन् ।

दुर्घटनामा रोल्पा बागमाराका २५ वर्षीय गोबिन बुढाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य दुई पुरुषको पहिचान खुल्न सकेको छैन । मृतकहरूको शव पृथ्वीचन्द्र अस्पताल मा राखिएको छ ।

घाइतेमध्ये बस चालक रोल्पा माडीका २४ वर्षीय हिमाल घर्ती, १९ वर्षीय किरण पुन, परिवर्तन-४ का मरिचमान घर्ती, ४८ वर्षीया सुशिला नेपाली, ५८ वर्षीय मोतिलाल डाँगी, ६२ वर्षीय झुपबहादुर घर्ती र ६२ वर्षीय तीर्थबहादुर पुन रहेका छन् ।

त्यस्तै अन्य घाइतेहरूमा ट्रक चालक बर्दिया बारबर्दिया-७ का २४ वर्षीय सागर चौधरी, १९ वर्षीय जीवन चौधरी, कञ्चनपुरका २८ वर्षीय लोकराज ओझा, काठमाडौंका २८ वर्षीय लक्ष्मी खत्री, दाङका ४९ वर्षीय खिमबहादुर नेपाली र एक अन्दाजी २५ वर्षीया महिला छन् । उनीहरूको बुटवल सिटी अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी चितवनका ३१ वर्षीय विशाल चेपाङ र पिकअप चालक २९ वर्षीय आशिष गुरुङ सामान्य घाइते भएका छन् । उनीहरूको चिसापानी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ७ : ५० बजे

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams